भैंसेपाटीस्थित निवासबाट मन्त्रीहरूको हेलिकप्टरमा उद्धार

डिसी नेपाल
२४ भदौ २०८२ १३:५९
128
Shares

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित संघीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ।

नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन्। मन्त्रीहरूको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरूको निवास तोडफोड र आगजनी गरिएको छ। अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *