सिरहामा प्रहरी कार्यालयमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १४:१३
32
Shares

सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय गोलबजारमा आगजानी र तोडफोड गरिएको छ। देशभर प्रदर्शन गरिरहेका युवाले लगाएको आगजानीबाट भवन पूर्णरुपमा जलेको छ।

यसअघि एमालेका सांसद लिलानाथ श्रेष्ठ र गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा आगजनी र तोडफोड गरिएको थियो।

प्रदर्शनकारीहरुले लहान नगरपालिकाको भवनमा आगजनी गरेका छन् भने लहानको इलाका प्रशासन, मालपोत, नापी कार्यालयमा तोडफोड गरेका छन्।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *