संसद् भवनमा आगजनी (तस्बिरहरू)

डिसी नेपाल
२४ भदौ २०८२ १४:३६
364
Shares

काठमाडौं । प्रदर्शनकारीले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन्।

केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद भवनभित्रै आगजनी गरेको हो। आगजनीका कारण संसद् भवनमा ठूलो क्षति पुगेको छ।

प्रदर्शनकारी उनीहरूलाई प्रहरीले रोकेको थियो। केहीबेर उनीहरूले गेट अगाडि नै आगजनी गरेका थिए।

काठमाडौंको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो।

जेनजीहरूले आज सिंहदरबारमा समेत आगजनी गरेका छन्। विभिन्न राजनीतिक दलका पार्टी कार्यालय, नेताहरूको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *