देश भित्रबाट समस्याको समाधान खोज्न पूर्वराजाको आग्रह

डिसी नेपाल
२४ भदौ २०८२ १५:२५
156
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक कसैको घुसपैठ नहोस् भन्ने धारणा राखेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ। यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ।‘ पूर्वराजा शाहले जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *