आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री
काठमाडौं । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन्। मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए।
उनीहरुले वालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे। अब देशमा परिवर्तन हुने पनि उनीहरुको भनाइ थियो।
प्रर्दशनकारी राम अधिकारीले आफ्नो जित भएको प्रतिक्रिया दिए। संसद भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरुलाई न्याय मिलेको बताए। आन्दोलन सफल भएको उनीहरुको प्रतिक्रिया थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment