राति १० बजेदेखि सुरक्षामा सेना खटिने
फाइल फाेटाे
काठमाडौं। नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ।
सेनाले बिग्यप्तीमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्नरनगराउन आग्रह गरेको हो।
सेनाले यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जनाएको छ।
सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने बिग्यप्तीमा उल्लेख गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment