पर्यटन क्षेत्र कठिन परिस्थितिमा

डिसी नेपाल
२५ भदौ २०८२ ७:५३

काठमाडौं। पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन्।

दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन्।

“जेनजीका मागहरु सम्बोधन गर्न एकपल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंशको बाटो सदाका लागि अन्त्य हुनुपर्छ”, विज्ञप्तिमा भनिएको छ।

जेनजीका माग सम्बोधन गर्नेगरी निश्कलंक र सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अभिलम्ब शान्ति र अमनचयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ।

सङ्घ र टानले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यालाभको कामाना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *