आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

डिसी नेपाल
२५ भदौ २०८२ १२:२२

काठमाडौं। नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ।

सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो।

हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको छ।

हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नेे व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन पनि सेनाले आग्रह गरेको छ। सेनाले सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न अनुरोधसमेत गरेको छ।

सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकको अनधिकृत प्रयोग नगर्न पनि सूचित गरेको छ। सेनासहितको सुरक्षा निकायले गए रातिदेखि बिहानसम्म काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *