विराटनगरसहित मोरङमा कफ्र्यू आदेश जारी

डिसी नेपाल
२५ भदौ २०८२ १९:२५

विराटनगर । विभिन्न समूह र पक्षले आफ्ना माग राख्दै विराटनगर महानगरलगायत मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा हिंसात्मक गतिविधि भड्किने सम्भावना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले कफ्र्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २५ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेश जारी गरेका हुन्।

प्रशासनले जारी गरेको आदेशअनुसार मिति २०८२ भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म मोरङ जिल्लाभर कफ्र्यू लागु हुनेछ।

कफ्र्यू अवधिमा दमकल, एम्बुलेन्स, शववाहन र स्वास्थ्यकर्मी सवार सवारीबाहेक कुनै पनि किसिमका सवारीसाधन सञ्चालन गर्न नपाउनेछ। त्यस्तै सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।

प्रशासनले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *