सुशीला कार्कीलाई समर्थन गर्दै संसद् विघटन गर्न बालेनको प्रस्ताव
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी सरकारको नेतृत्वमा सुशीला कार्कीलाई समर्थन गरेका छन्।
बुधबार राति सामाजिक संजालमार्फत उनले कार्कीलाई समर्थन जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद् विघटन गर्न सुझाव दिएका छन्।
बालेनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन–जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको बताएका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment