सबै पक्षलाई संयमित रहन ज्वालाको आग्रह

डिसी नेपाल
२६ भदौ २०८२ १२:४९
128
Shares

काठमाडौं । देश हाल गम्भीर संकटमा रहेको भन्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले संवेदनशील अपिल जारी गरेका छन्। पछिल्ला दिनमा भएका जनआन्दोलन, हिंसा र अन्यौलपूर्ण राजनीतिक परिस्थितिबाट मुलुक ठूलो क्षतितर्फ उन्मुख भएको भन्दै उनले सबै पक्षलाई संयमित रहन आग्रह गरेका हुन्।

ज्वालाले हालैको आन्दोलनमा प्राण गुमाएका नवयुवकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेप्रति समवेदना प्रकट गरेका छन्। उनले भने, ‘हुनुपर्ने क्षति भैसक्यो, अब देश जोगाउन सबैले मिलेर पहल गर्नुपर्छ।’

उनले जेनेरेसन जेड (जेनजी) आन्दोलनको जायज मागलाई सम्बोधन गर्दै त्यसको दुरुपयोग हुन नदिन सबैलाई सचेत रहन आग्रह गरेका छन्।

उनले आन्दोलनको तार्किक र संवैधानिक समाधान खोज्न राष्ट्रपतिलाई नेतृत्व लिन पनि आग्रह गरेका छन्। ज्वालाले राष्ट्रपतिज्यूलाई तत्काल राष्ट्रका नाममा सम्बोधन गरेर सबैलाई संयमता अपनाउन, जनताको जिउधनको सुरक्षा गर्न र संवैधानिक बाटोबाटै समस्याको निकास निकाल्न अपिल गर्न अनुरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *