संविधान रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले संविधानको रक्षामा उभिन आह्वान गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
उनीहरूले माइतीघर भण्डलामा उभिएर संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर, विदेशी एजेन्ट होसियार लगाएतका नारा लगाएका थिए।
नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाहीले संविधानको रक्षाका लागि आफूहरू गोलवद्ध भएको बताएका छन्।
जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रीक गणतन्त्र र संविधान खतरामा परेकाले त्यसको रक्षाका लागि सबै राजनीतिक दलका युवाहरू एकजुट हुनुपर्ने धारणासमेत उनले राखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment