शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

डिसी नेपाल
२६ भदौ २०८२ १३:४०
12
Shares

काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधन र राष्ट्रिय सम्पत्तिको क्षतिप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले गहिरो दुःख व्यक्त गरेको छ।

संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशमा शान्तिसुरक्षा, नागरिक सेवामा सहज पहुँच, स्वतन्त्र पेशाव्यवसाय गर्ने अधिकारको सुनिश्चितता, भ्रष्टाचारमुक्त प्रणाली, लगानी तथा रोजगारी प्रवद्र्धनका लागि सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वान गरिएको छ।

संघले देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने समन्वयात्मक कार्यमा सहयोग गर्ने जनाएको छ।

यस कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै देशको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्ने संघको प्रतिबद्धता समेत विज्ञप्तिमा व्यक्त गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *