रामेछाप कारागारमा गोली लागि मृत्यु भएका र घाइतेको पहिचान खुल्यो
रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान भएको झडपमा गोली चल्दा मृत्यु भएका २ कैदी र घाइते ११ जनाको पहिचान खुलेको छ।
बिहान कारागारभित्र कैदीहरूले बाहिर जानुपर्ने भन्दै आन्दोलित भएपछि झडप भएको हो। झडप नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो।
गोली लागेर मोरङका करिब ३५ वर्ष उमेरका राजकिशोर यादव र धनुषाका ५८ वर्षीय बिगुरु धोबीको मृत्यु भएको छ। यादव बलात्कार मुद्दामा कैदी थिए भने धोबी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका थिए। दुबैजनाको शव रामेछाप अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ।
घटनामा परी अन्य ११ जना कैदी घाइते भएका छन्। वतन नखुलेका २९ वर्षीय नारायण बस्याल, ४० वर्षीय मनोज हमाल, ३० वर्षीय नवीन रसाइली, ३१ वर्षीय अरुण साह, २३ वर्षीय बिनोस् ढकाल, २८ वर्षीय श्रवण अधिकारी, ३० वर्षीय मोहम्मद मिया, ३५ वर्षीय चन्द्र बिक र ३१ वर्षीय उदयपुरका रोहित दनुवार घाइते भएको छन्।
यस्तै वतन र उमेर खुल्न नसकेका रामचन्द्र मण्डल र हकिम सुनुवार पनि गोली लागि घाइते भएका छन्को। उनीहरूको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ।
घटनापछि कारागारको स्थिति सामान्य भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment