जंगीअड्डा बाहिर भेला भएका जेनजी समूहबीच कुटाकुट
काठमाडौं । सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन्।
जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समूहबीच कुटपिट भएको हो।
एक समूहले सुशिला कार्कीलाई अबको अन्तरिम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि अन्य केही समूहले त्यसको विरोध गरेका छन्।
जेनजीको एक समूहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङको नाम अगाडी ल्याएको छ भने हर्क साम्पाङ समूहले पनि आफ्नो नेतृत्व दाबी गरिरहेको छ।
सैनिक मुख्यालयमा आज वार्ता हुने भएपछि विहानै देखि कैयौं जेनजी समुह भेला भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment