देश सरकारविहीन भएपछि पहिलो पटक बोले राष्ट्रपति
काठमाडौं। राजीनामा दिएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संविधानअनुसार कामचलाउ प्रधानमन्त्री तोके पनि उनी अज्ञात स्थलमा गएर शासकीय जिम्मेवारीबाट अलग्गिएपछि देशमा व्याप्त शून्यताबीच पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेलले देशबासीलाई सन्देश दिएका छन्।
उनले एक वक्तव्य जारी गर्दै मुलुकलाई निकास दिन आफू प्रयासरत रहेको बताएका छन्। मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न आफूले विचार विमर्श र प्रयास गरिरहेको उल्लेख गर्दै आन्दोलनकारीको मागअनुसार समस्याको निदान हुनेमा विश्वस्त हुन देशवासीलाई आग्रह गरेका छन्। उनले नागरिकहरुसँग शान्ति सुव्यवस्था कायम गर्न सहयोग गरिदिन अपिल समेत गरेका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment