संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा युवा नेताहरूको जोड

डिसी नेपाल
२६ भदौ २०८२ १७:१७
136
Shares

काठमाडौं। विभिन्न पार्टीनिकट विद्यार्थी संगठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्।

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ।’

देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरु जेलबाट भागेको र तिनीहरुले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिन जोड्दार माग पनि गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *