धनकुटामा फेरि कर्फ्यु आदेश

डिसी नेपाल
२६ भदौ २०८२ १९:००
68
Shares

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले बिहीबार राति कर्फ्यु आदेश जारी गरेको छ। धनकुटामा आज बेलुकी ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले धनकुटा नगरपालिका क्षेत्रको उत्तरमा कागते, पूर्वमा खनियाबास, पश्चिममा औद्योगिकग्राम र दक्षिणमा चुलिवन क्षेत्रभित्र भेला, जुलुस, सभा, बैठक, घेराउ गर्न नपाउने सूचना जारी गरेको छ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन एम्बुलेन्स, दमकल, शववहान,स्वास्थ्यकर्मी,सञ्चारकर्मी, पर्यटन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनमा सुरक्षाकर्मीको सहजीकरणमा आवागमन गर्न सकिने जानकारी दिएको छ।

प्रशासनले यसअघि बुधबार बेलुकी ५ देखि बिहीबार बिहान ६ बजेसम्म पनि कर्फ्यु जारी गरेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *