सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

डिसी नेपाल
२७ भदौ २०८२ ५:१४
2.1k
Shares

काठमाडौंं। पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ। अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफलपिछ सुशील कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेकाे छ।

तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ।

जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि लाइन यही छ।

कार्कीलाई शुक्रबार नै प्रधानमन्त्री नियुक्त गर्ने र गतिरोध लामो समय नलम्ब्याउने विषयमा पनि पौडेल सकारात्मक देखिएका छन्। यसअघि उनले संसदमा रहेका शक्तिहरुलाई बाहिर राखेर निर्णय गर्न नहुने अडान लिएका भए पनि जेनजीको दबाब, सडकको अवस्था र सम्भावित अन्य समस्याहरूलाई पनि विचार गरी तत्कालै निकास दिनुपर्ने कुरामा सहमति जनाएका हुन्।

यी सबै विषयमा राष्ट्रपतिले प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधि सभाका सभामुखको पनि राय तथा सहमति लिइसकेको शीतलनिवास स्रोतले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *