प्रतिनिधिसभाको चुनाव ६ महिनाभित्र हुने, कोही पनि बनेनन् मन्त्री
काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र हुने भएको छ।
शुक्रबार भएको सहमतिमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउनुपर्ने शर्तमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन्। राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले पद तथा गोपनियताको शपथ लिएकी हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए।
समारोहमा कार्कीको मात्रै शपथ ग्रहण भएको छ। अन्य कसैलाई पनि मन्त्री नियुक्त नगरी हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन्।
यसअघि तीन सदस्यीय मन्त्रिपरिषद्को गठन हुने भनिएपनि को बन्ने भन्नै टुंगो नलाग्दा मन्त्री नियुक्त नभएको बताइएको छ।







डिसी नेपाल







Facebook Comment