बालुवाटारमै बस्दैछिन् नयाँ प्रधानमन्त्री सुशीला कार्की

डिसी नेपाल
२८ भदौ २०८२ ६:२२
1.0k
Shares

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हालको प्रधानमन्त्री निवास वालुवाटारमै बसोवास गराइने भएको छ।

नेपाली सेना र सुरक्षाकर्मीहरुको समूहले प्रधानमन्त्री निवास बालुवाटारको मुख्य निवास क्षेत्रमा आगो नलागेको पाएपछि उनलाई त्यही राख्ने निर्णय गरिएको हो।

समाचारअनुसार, नवनियुक्त प्रधानमन्त्रीको शपथ अघि नै सुरक्षाकर्मीहरुको समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई राख्नको लागि भनेर आगोले क्षति पुर्याएको भागको सरसफाइ गरेका छन्। प्रधानमन्त्री निवासमा अघिल्तिरका साना भवन र सुरक्षाकर्मी बस्ने भवनमा मात्र आगलागीले क्षति पुगेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *