पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छोडिन्
काठमाडौं। पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे।’
उनले ग्रुपमा यस्तो लेखेकी छन्:
कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन।
अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।
सुमनाले अर्को पार्टी ज्वाइन गर्ने वा अहिले बनेको नयाँ सरकारमा मन्त्री बन्ने तयारी नरहेको निकट स्रोतको भनाइ छ। उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । तर सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन्।
सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन्। उनी निवर्तमान सांसद हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment