सुशीला कार्कीको क्याविनेटमा तीन मन्त्री नियुक्त, शपथ भोलि

डिसी नेपाल
२९ भदौ २०८२ २२:०३
3.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनका तथा गृहमन्त्रीमा नियुक्त गरिएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलका अनुसार तीन मन्त्रीको गरिए पनि शपथ सोमबार मात्र हुने छ।

शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री चयन भएकी थिइन्। उनले आज जेनजीसहितको टीममा छलफल गरेर मन्त्री सिफारिस गरेसँगै राष्ट्रपतिले नियुक्त गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *