कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने

डिसी नेपाल
३० भदौ २०८२ १५:०९
196
Shares

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । यो उनको पहिलो निर्णय हो ।

उनी प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा उनी आफैंले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने प्रयास गरेका थिए । तर, व्यापारीको दबाबमा तत्कालीन सरकारले उनलाई यो राजश्व असुल्नबाट रोकेको थियो । उनले बक्यौता असुलेरै छाड्ने अडान लिएपछि उनलाई बर्खास्त गरिएको थियो ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले उल्टै उनलाई पटक पटक स्पष्टीकरण सोध्नेदेखि लिएर उनको कार्यालयमै अड्डा जमाएर उनलाई हतोत्साही बनाउने प्रयास गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *