लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह
गण्डकी। ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा उपसभामुखको निवासमा आगजनी तथा तोडफोड गरी लुटपाट गरिएका सामग्री फिर्ता गर्न आग्रह गरिएको छ।
प्रदेशसभा सचिवालयले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सामग्री सचिवालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।
लुटपाट गरिएका सामग्री लुकाएर राखिएका स्थान पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment