अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

डिसी नेपाल
३१ भदौ २०८२ १५:०९
60
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले चाडपर्व लक्षित गर्दै सार्वजनिक यातायातहरुले अग्रिम तीन दिनको टिकट बुकिङ सुरु भएको जानकारी दिएका छन्।

मंगलबार यातायात विभागसँगको छलफलका क्रममा बोल्दै उनले अनिवार्य टिकट हुनुपर्ने र त्यसको लागि अहिले तीन दिनको टिकट बुकिङ सुरु भइसकेको बताएका छन्।

‘यसपाली छुट्टै अग्रिम खुल्यो भनेर भन्न पर्दैन। त्यसको लागि मिति तोक्नुपर्दैन। अग्रिम सुरु भइसकेको छ। अहिले गएर हेर्नुभयो भने दुईतीन दिनको टिकट दिइरहनु भएको छ। ट्राफिक प्रहरीको सहायक निरीक्षक नमराज अधिकारीसँग गएर कम्तिमा तीन दिनको लागि लिन थाल्यौं पनि भनेका छौं। किनभने कलेज बिदा भइसकेको छ। विद्यार्थीहरु जान सक्छन्,’ उनले भने।

उनले हवाइ यातायात र सार्वजनिक यातायातमा सरकारीस्तरबाट नै विभेद भएको भन्दै सरकारले गरेका निर्णयहरु लागू हुन नसकेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *