एमालेलाई कमजोर नठान्न महेश बस्नेतको चेतावनी, काठमाडौंमा युवाहरुको जुलुस निकाल्ने उद्घोष
काठमाडौं। नेकपा एमालेका युवा नेताहरुले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन्।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थीत पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरुले पार्टीको नियमित काममा फर्किएको जनाउदै छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका हुन्।
एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताए। उनले अब मिसन २०८२ को निर्वाचनमा लाग्ने उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन हुनै पर्ने धारणा राखे। बस्नतले एमालेलाई कमजोर नठान्न चेतावनी दिँदै एक दुई दिनभित्र काठमाडौंमा युवाहरुको विशाल जुलुस निकाल्ने बताए।
त्यस्तै संविधान दिवसको दिन असोज ३ गते पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने उनको भनाई छ।
त्यस्तै एमालेका अन्य युवा नेताहरुले जेनजी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड तथा आगजनी गर्नेलाई कारबाही गर्नुपर्ने जनाएका थिए। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट एमाले पार्टी कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment