मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

डिसी नेपाल
३१ भदौ २०८२ १९:०७
144
Shares

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका संरचनाको आज अवलोकन गरेका छन्।

अवलोकनका क्रममा उनले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनःनिर्माण गरिने बताए। सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने मुख्यमन्त्री पाण्डेले बताए।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले नेपाललाई कमजोर र असफल पार्न खोज्ने तत्वले विध्वसं मच्चाएको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सबै पक्षबीच एकता र सहकार्यको जरूरी रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *