जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप
मकवानपुर। जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री र मन्त्रीहरू संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाउँदै भने, ‘आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ।’
एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले तत्काल संसद बैठक बोलाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘चौरमा बसेर, पाल टाँगेर भए पनि संसद चलाउनुपर्छ। सरकार भाग्न मिल्दैन, लुक्न मिल्दैन।’
नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईले संकटको बेला जनतामाझ माफी मागेर इमान्दारिताका साथ अघि बढ्न सरकारलाई आग्रह गरे।
प्रतिपक्षी दलहरुले आन्दोलनपछिको क्षतिको आधिकारिक विवरण अझै सार्वजनिक नगर्ने प्रदेश सरकार जिम्मेवारीबाट उम्कन खोजेको आरोप लगाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment