राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

डिसी नेपाल
१ असोज २०८२ ९:२७
36
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन गरिएको जानकारी दिए ।

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन सम्वत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम राष्ट्रिय सभाका माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *