युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

डिसी नेपाल
३ असोज २०८२ १६:३६
60
Shares

काठमाडौं। युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ।

रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ जर्मनीलगायतको सहयोगमा उनीहरुको उद्धार गरिएको हो।

मन्त्रालयले सम्बन्धित मुलुकको कानुनको उल्लंघन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्नसक्ने उल्लेख गर्दै विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

साथै मन्त्रालयले यसप्रकार पक्राउ परेकाको उद्धार प्रक्रिया पनि सहज नहुने जनाउँदै विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन तथा यसप्रकारको कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *