माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

डिसी नेपाल
८ असोज २०८२ १३:२५
60
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेछ।

असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। स्थायी समिति बैठकले महाधिवेशनको तिथि मिति, कार्यविधि, मोडालिटी लगायत विषयमा छलफल गरी प्रस्ताव तयार पार्ने बताए।

माओवादीले भोलि बस्ने केन्द्रीय समितिको स्थान पनि तय गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *