सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।
उक्त भेटमा मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदुतलाई जानकारी दिएका थिए।
राजदुत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment