जेनजी आन्दोलनमा हराएका हतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह
काठमाडौं । गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र खरखजाना फेला परेमा आगामी असोज मसान्तभित्र नजिकैको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ।
मन्त्रालयले २०८२ भदौ २३ र २४ गते काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका सामग्री फेला पारेका व्यक्तिलाई तोकिएको समयभित्र बुझाए वा जानकारी गराएमा सम्मान गरिने जनाएको छ।
यस्तै, असोज मसान्तपछि ती हातहतियार वा खरखजाना कसैसँग फेला परे कानून बमोजिम कडा कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment