प्रचण्डले भने- अब म पार्टी अध्यक्षको रुपमा रहँदैन

डिसी नेपाल
१० असोज २०८२ १८:२४
164
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अब पार्टीको अध्यक्षको रुपमा नरहेको बताएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाविधेशन आयोजक समितिको संयोजक बनेको बताएका हुन्। प्रचण्डले केन्द्रीय समितिको बैठक सफतापूर्वक सम्पन्न गरिएको प्रतिक्रिया दिए।

शुक्रबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *