अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

डिसी नेपाल
२१ असोज २०८२ १०:४९
20
Shares

उदयपुर। अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ।

गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो।

सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएकोे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिए। उनले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *