जेनजी आन्दोलनमा मलाई सेनाले उद्धार गरेको होइन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु नेताजस्तो आफूलाई सेनाले उद्धार नगरेको बताएका छन्।
भदौ २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा अरु नेतालाई जस्तो आफूलाई सेनाले उद्धार गरेको नभइ आफू नै सेनाको सम्पर्कमा रहेको बताएका हुन्।
‘अरु सबै नेता सबैलाई नेपाली सेनाको अफिसरले आफैँले समातेर सुरक्षित राख्ने काम भयो। प्रधानमन्त्रीलाई हेलिकोप्टरबाट नै उद्धार गरियो। ममात्रै त्यस्तो भएँ। मलाई कसैले लगेको पनि होइन। कसैले बोलाएको पनि होइन। सिंहरदरबारमा बस्दै थिएँ। सुरक्षा फोर्सले बाहिर जाने अवस्था छैन भनेपछि त्यहीँबाट प्रधान सेनापतिसँग सम्पर्क गरेर आफैँले सेनासँग सम्पर्क गरेर गएको हुँ,’ उनले भने।
राष्ट्रपतिसँग दिनमा ३–४ पटक छलफल गरेर कसरी निकास निकाल्ने भनेर संवाद गरेको उनले स्मरण गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment