बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्
बाजुरा। बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन्।
गौमुल गाउँपालिका-१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन्।
निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए। स्वास्थ्यकर्मीले हातले शिशु निकालेका हुन्।
जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन्। बच्चाको मृत्यु भइसकेको भनेर छाडेका थियौ अनमी रमा थापाले बताइन्। फेरि पनि श्वास जाग्छ कि भनेर लगातार श्वास दियौ विस्तारै बच्चाको मुटुको धड्कन चलेको अनमी थापाले बताइन्।
‘दिउँसो पौने ४ बजे जन्मेको शिशुले रातीको करिब साढे ९ बजेतिर लगातार कृत्रिम श्वास दिएपछि बच्चाले अलि बढी श्वास फेर्न सुरु गरेको थापाको भनाइ छ।
कृत्रिम श्वासले लामो समयपछि श्वास फेरेपछि बच्चा बाँच्ने आश जाग्यो। त्यसपछि शिशु रुएपछि फेरि पनि श्वास दिदै गयौं। चम्चाले दुध खुवायौ, त्यसपछि विस्तारै बच्चाको स्वास्थ्यमा सुधार आयो,’, अनमी थापाले भनिन्।
जोखिम अवस्था सुत्केरी पनि गराएकी निशा र बच्चाको अवस्था अहिले सामान्य छ। माडी सामुदायिक स्वास्थ्य संस्थामा अहिलेसम्म यातायातका साधन पुग्न सकेका छैन्। सडक सञ्जाल नपुग्दा यहाँका कयौं आमाहरुले समस्या भोग्नुपर्ने बाध्यता रहेको छ।
माडी सामुदायिक स्वास्थ्य ईकाई विगत दुई वर्षदेखि सेवा दिँदै आइ रहेको छ। दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुगाउन दुई बर्ष पहिला स्वास्थ्य संस्था स्थापना गरिएको थियो। गौमुलको वडा नम्बर १ बाहेक अन्य वडामा सहज यातायातको पहुँच रहेको छ तर त्यहाँ पुग्न सकेको छैन्। यातायातका साधन सञ्चालनको लागि सडक निर्माण कार्य जारी छ।
दुर्गमका आमाहरुका पीडा, राज्य संयन्त्र मौन
जिल्लामा स्वास्थ्य संस्था टाढा हुँदा समयमै गर्भवती आमालाई स्वास्थ्य संस्था पुर्याउन नसक्ने अवस्था छ। तर उनीहरुको उद्दारको लागि राज्य संयन्त्रले पनि ध्यान दिएको पाइँदैन।
विकट जिल्लाको रुपमा परिचित बाजुरा पनि यो समस्याबाट अछुत छैन्। बाजुरामा यस्ता खाले घटनाहरु कयौं घटिरहेका हुन्छन्। जिल्लामा पाँच बर्ष यता मात्रै समयमै सुत्केरीको हवाई उद्धार नहुँदा दर्जनौ सुत्केरी आमाहरुको मृत्यु भएको छ।
नौं वटा स्थानीय तह भएको जिल्ला अझै पनि विकासका हिसाबले पछाडि छ। अझ भनौ गर्भवती सुत्केरी आमाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता झन विकराल छ। यहाँ गर्भवती सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्था पुर्याउन घण्टौ हिड्नुपर्ने अवस्था छ। यातायातको सुविधामा कवा विरामीलाई स्टेचर वा डोकोमा हालेर अस्पताल लैजानुपर्ने बाध्यता छ। सुत्केरी आमाहरुलाई उद्धारको लागि जहाज कुर्दाकुर्दै उनीहरुको ज्यान जाने अवस्था छ।
यहाँका आमाहरुले बाटोमै बच्चा जन्माउन बाध्य छन्। समयमै सहज उपचार पाउँन सकेका छैनन्। सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार कार्यक्रम बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी छ। बाजुरामा अस्पताल पुग्न सुत्केरी महिलाहरुलाई हम्मेहम्मे पर्ने गरेको छ।
उचित किसिमको बाटोघाटो,यातायातको सुविधा नहुदा उनीहरुले पीडा भोग्नुपर्ने बाध्यता छ। समयमै अस्पताल पुर्याउन नसक्दा कतिपय आमाहरुले आफ्ना सन्तान गुमाएकी छन्।







डिसी नेपाल








Facebook Comment