सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ।
आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ। मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३२ सय ४० रुपैयाँ कारोवार भैइरहेको छ। महासंघका अनुसार मंगलबार चाँदी तोलामा ३३ सय २५ रुपैयाँमा कारोवार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment