२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

डिसी नेपाल
२९ असोज २०८२ १५:५२
24
Shares

काठमाडौं । बुधबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ। यस दिन नेप्से २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा पुगेको हो।

आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन। यसअघि मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ७४ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो।

यसदिन सेन्सेटिभ इण्डेक्स २.९२ अंकले, फ्लोट इण्डेक्स १.३८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेका छन्।

समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशत बढ्दा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड ५.२३ प्रतिशत बढेको छ। समाज लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरका शेयर भने नकारात्मक सर्किटमा पुगेका छन्। कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो (२०.५४ करोड रुपैयाँ), त्यसपछि हिमालयन रि इन्स्योरेन्स (१३ करोड) र यूनियन हाइड्रोपावर (करिब १३ करोड) रहेका छन्।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक १२ उपसमूह घटे, जसमा व्यापार उपसमूह सर्वाधिक २.०९% ले घट्यो। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूह पनि १% भन्दा बढीले घटेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.