पाकिस्तान र अफगान तालिबान ४८ घण्टाको युद्धविराममा सहमत

डिसी नेपाल
३० असोज २०८२ ११:२४
164
Shares

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले तालिबान अन्तरिम सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ।

बीबीसी उर्दूका अनुसार तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार बुधबार साँझ ६ बजेदेखि युद्धविराम लागू भएको छ। तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताको लागि अनुरोध गरेको छ।

पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएको छ भने अफगान तालिबानका प्रवक्ताले एक्समा लेखेको पोस्टमा पाकिस्तानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएका छन्।

यसअघि बुधबार पाकिस्तानले धेरै अफगानी चौकीहरू ध्वस्त पारेको दाबी गरेको थियो।

पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सले एक विज्ञप्ति जारी गर्दै दाबी गरेअनुसार अफगान तालिबानले अक्टोबर १५ को बिहानै आक्रमण गरेको थियो र जवाफी कारबाहीमा १५-२० आक्रमणकारी मारिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *