मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

डिसी नेपाल
५ कार्तिक २०८२ १६:४१
16
Shares

जनकपुर। मिथिलाञ्चल सहित तराईमधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन्।

यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरिनुका साथै सम्पूर्ण श्रद्धालुहरुलाई पनि सोही बनेका परिकारहरु प्रसाद स्वरुप खुवाउने गरिन्छ।

मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लङ्कामा विजय प्राप्त गरी फर्कनु भएको खुशीयालीमा अयोध्यावासीले भगवारन रामसहित अयोध्या आएका सम्पूर्ण अतिथीहरुलाई ५६ प्रकारका व्यञ्जन बनाएर दिएको जनविश्वास रहेको जनकपुरधामस्थित सीताकुण्डका महन्थ रामनरेश दासले जानकारी दिएका छन्।

उनका अनुसार सोही समयदेखि पायक पर्ने सम्पूर्ण मठ मन्दिर, कुट्टिहरुले यस परम्परालाई जिवन्त राखेको छ।

५ दशक पहिलासम्म जनकपुरधामका ५२ वटै मठमन्दिर र कुट्टिहरुमा अन्नकुट मनाइने भएपनि आजको दिनमा यो संख्या हातको औंलामा गन्न सकिने भएको महन्थ दासले बताए।

जनकपुरधामका प्रमुख मठ मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा भने यो निरन्तर प्रत्येक वर्ष अन्नकुट मनाइदै आएको छ।

अन्नकुट पर्वमा प्रसाद ग्रहण गर्न जोसुकै आउन सकिने हुन्छ। जनकपुरधामको सीताकुण्डमा मात्रै ५ हजार बढीले प्रसाद ग्रहण गर्ने गरेको महन्थ दासले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *