‘हालको अवस्थामा चुनावको विकल्प छैन’

डिसी नेपाल
११ कार्तिक २०८२ २०:२७
16
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनको निम्ति वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

यहाँ आज आयोजित ‘संसद् पुनःस्थापना कि निर्वाचन’ विषयक अन्तररक्रिया उनले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नरहेको र त्यसका लागि सरकारले वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

नेता तामाङले भनेका छन्, ‘चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, नागरिकले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढङ्गले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि विश्वास हुनुपर्‍यो।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त आफ्नो पार्टी तयार रहेको पनि बताए।

कार्यक्रममा नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता गरिनुपर्ने बताए। उनले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेता जोडिएका भए छानबिन गर्न सरकारलाई आग्रह गरे।

नेता पोखरेलले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने छानबिन गरियोस् । हाल हामी सरकारमा छैनौँ, त्यसैले हाम्रो आग्रह छ एमालेलगायत नेतामाथि छानबिन होस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *