राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । अन्तरिम सरकारलाई राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो।
असोज ३० गते सरकारले राजनीतिक नियुक्तिका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ती राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र काठमाडौं फर्किन निर्देशन दिइएको थियो।
भारतबाहेक अन्य सबै राजनीतिक नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय सरकारले निर्णय गरेको थियो तर त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment