सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्। उनले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगेका छन्। बैठक केहीबेरमा सुरु हुने बताइएको छ।
बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment