प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल जारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक जारी छ।
बालुवाटारमा जारी बैठकमा वर्तमान अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउने विषयमा छलफल भैइरहेको छ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment