कांग्रेस महाधिवेशन विवाद

केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लैजाने तयारी

डिसी नेपाल
१७ कार्तिक २०८२ १७:१६
188
Shares

काठमाडाैं। नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरुले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लैजाने भएका छन्।

सोमबार काठमाडौंमा बसेको पक्ष नेताहरुको छलफलले बहुमत केन्द्रीय सदस्यहरुकोसाथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।

आफूहरुले राखेको प्रस्ताव नै अन्तिम हुने र त्यहि अनुसारको निर्णय हुने उनले दावी गरे। बरालले पदाधिकारी र कार्यसम्पादन समितिले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले आफूहरुले निकासको प्रयास गरेको जिकिर गरे।

त्यस्तै कांग्रेस नेता किरणराज पौडेलले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका यथाशिघ्र प्रस्तुत गर्न दवाव दिने निर्णय भएको बताए। विधान अनुसार सभापति, महामन्त्री लगाएत चल्नुपर्ने उनले बताए।

महाधिवेशनका बिषयमा देखिएको विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *