विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताले भेटे प्रधानमन्त्री
काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले आज बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको नेता गुरुराज घिमिरे बताए । उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग मुलुकको राजनीतिक परिस्थिति, चुनावको तयारी, सुरक्षा अवस्थालगायतको विषयमा कुरा गरेका हौँ।’
साढे २ घण्टासम्म भएको छलफलमा प्रधानमन्त्री कार्कीले कांग्रेसभित्र विकसित घटनाक्रम र विशेष महाधिवेशनको सम्भावनाबारे समेत चासो राखेकी थिइन् ।
कांग्रसेको विशेष महाधिवेशन अभियानका नेताहरूले प्रधानमन्त्रीलाई भेटेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ ।
प्रधानमन्त्री भेट्न विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँसहित नेताहरू गुरु घिमिरे,देवराज चालिसे,उज्ज्वल बराल,टेकराज पौडेल,छडुप तामाङ र सन्दिप निरौला बालुवाटार पुगेका थिए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment