खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ।
बर्दगोरिया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए।
मुख्यमन्त्री शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सबै क्षेत्रमा एकै पटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उनले उल्लेख गरे।
खेलकुदले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउने बताउँदै उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयका ४८ टिम सहभागी रहेको आयोजकले जनाएको छ। जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन्। प्रतियोगिता मङ्सिर १२ गतेसम्म सञ्चालन हुने बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment