कविता : भनन भन, के गर्नु गर्नु अब

डा. तुलसी उप्रेती
९ मंसिर २०८२ १४:१२
88
Shares

भनन भन के गर्नु गर्नु अब
कता जानु जानु अब
को सँग बोल्नु बोल्नु अब
को सँग हाँस्नु हाँस्नु अब
को सँग रुनु रुनु अब

भर्दा भर्दै गरेको पानीको गाग्री घोप्टिएपछि
हिँड्दा हिँड्दैको बाटो हराएपछि
खोज्दा खाज्दै तिमी नपाएपछि
हाम्रो मायामा सूर्य ग्रहण लागेपछि
भनन भन के गर्नु के गर्नु अब

सानै देखि हुर्काइ ल्याएको माया आज चुँडी गयो
फक्रिन लागेको फूल धुपले ओइली गयो
मायाले भरिएको भित्री मुटुको जरोनै मरि गयो
तन मन दिइ बसाएको मिठो मायाको संसार भताभुंग भयो
भनन भन के गर्नु के गर्नु अब

भनन भन देव के म शून्य शून्यतामै बाचूँ
कतिन्जेल सम्म खाली खाली रहूँ
कहिले सम्म रित्तो रित्तोनै रहूँ
यो स्थितिमा भनन म बाँचूँ कि मरुँ
भनन भन के गर्नु के गर्नु अब

दुर्भाग्यबस बुझ्नै सकिन तिम्रो भित्री मन
चिन्नै सकिन तिमीले दिएका संकेतहरु
देख्नै सकिन तिमीले देखाको भविष्यको बाटो
जान्नै सकिन बदलिँदै गएका व्यवहारहरू
भनन भन के गर्नु के गर्नु अब

कहिले जोडिएला भाँचिएको दाइने हात
कहिले देखि राम्ररी धड्किएला आधा चलेको मुटु
कहिले निको होला मर्केको दाइने खुट्टा
बिन्ती सुनेर अब फर्केर आऊ र सुन्दर मायालाई बचाऊ
भनन भन के गर्नु के गर्नु अब




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.